images
images
images

राजस्व अनुसन्धान विभागका महानिर्देशक बुढाविरुद्ध अख्तियारमा उजुरी

images

पूर्वाधार वाच, काठमाडौं । 

राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अभियन्ता एवं समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले महानिर्देशक बुढाविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।

महानिर्देशक बुढाले उद्योगी व्यवसायीलाई तर्साएर रकम उठाउने गरेकाे भन्दै विभिन्न सञ्चारमाध्यमहरुमार्फत् सार्वजनिक भएका समाचारका आधारमा उनलाई अनुसन्धानमा तान्न उजुरी दिएको बताएका छन् ।

‘महानिर्देशक बुढाबारे सार्वजनिक भइरहेको गम्भीर प्रकृतिको अपराधसँग जोडिएका समाचारप्रति म देशभक्त, राष्ट्रवादी, कानुनी राज्य र विधिको शासनमा विश्वास राख्ने नागरिक तथा समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज पौडेल सफलको गम्भीर ध्यानाकर्षण भएको छ ।’, उजुरीमा भनिएको छ ।

महानिर्देशकको मोबाइलबाट अनधिकृत व्यक्तिले फोन गरेर असुली धन्दा चलाएकोबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राजश्व अनुसन्धान विभागलाई स्पष्टीकरण सोधेको थियो ।

राजश्व अनुसन्धान जस्तो महत्त्वपूर्ण निकायका महानिर्देशककै फोनबाट व्यापारीलाई बोलाएर ‘बार्गेनिङ’ गर्ने गरेको खबर बाहिरिएसँगै प्रधानमन्त्री कार्यालयले विभागलाई स्पष्टीकरण सोधेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभाग तथा कार्यरत कर्मचारीहरूमाथि निगरानी बढाउन राष्ट्रिय अनुसन्धान विभागलाई पत्राचार गरिसकेकाे छ ।

उजुरीमा के छ ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्