images
images
images

प्रधानमन्त्री पद छाड्न प्रचण्डलाई एमालेको आग्रह

images

पूर्वाधार वाच, काठमाडौं ।

नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार (भोलि)सम्म प्रधानमन्त्री पदबाट राजीनामा दिन आग्रह गरेको छ ।

मंगलबार बसेको एमाले सचिवालय बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीलाई तत्काल फिर्ता नबोलाउने निर्णय गर्दै प्रधानमन्त्रीलाई यस्तो आग्रह गरेको हो ।

प्रधानमन्त्री दाहाललेएमालेसँग छलफल नगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गरेपछि एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । यस्तै एमालेले सरकारमा सहभागी हुन सबै दललाई आह्वान पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्