पूर्वाधार वाच, सिमकोट ।
कर्णाली करिडोर अन्तर्गत हुम्लाको छारे खण्डको सडकमा दैनिक यातायात सेवा सञ्चालनमा आउन थालेको छ । दैनिक यातायात सञ्चालन गर्न जिल्लास्तरीय समितिले निर्णय गरेको थियो ।
नेपाली सेना, कर्णाली करिडोर निर्माण कार्यदल कालिकोटले हुम्लाको छारे खण्डमा यातायात सेवा सञ्चालन गर्न अनुमति दिएको हो ।
यसअघि सो सडक खण्डमा बिहान ७ बजेदेखि ९ बजेसम्म र दिउँसो ११ बजेदेखि १ बजेसम्म मात्र यातायातका साधन सञ्चालन हुन दिने व्यवस्था मिलाइएको थियो ।
हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले यही असार अन्तिमसम्म सेनाले दुल्लीको कुनादेखि लाली बगरसम्मको सडक निर्माण गरेर हस्तान्तरण गर्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्