पूर्वाधार वाच, काठमाडौं ।
सशस्त्र प्रहरी बल नेपालले वाग्मती नदीमा फसेका तीन जनाको उद्धार गरेको छ । कीर्तिपुर नगरपालिका–१० ल्याबोरोटरी स्कुल नजिकै वाग्मती नदीमा फसेका मकवानपुरका उर्मिला लामा र अनिता लामा तथा खोटाङका धनराम लामाको सशस्त्र प्रहरी बल नेपालको गोताखोरले सकुशल उद्धार गरेको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार गण सिनामङ्गलबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा पाँच जना गोताखोरसहित १५ जना र नं १८ निलबाराही गण कीर्तिपुरबाट १० जनाको टोलीले उनीहरूको उद्धार गरेको थापाले बताए ।
५६ जनाको उद्धार
यसैबिच काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी प्लानिङ क्षेत्रमा बाढीले डुबानमा परेका १८ टहरामा बस्ने ५६ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।
उद्धार गरिएकामा ३० जना पुरुष, २० महिला र छ जना बालबालिका रहेका कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
उपत्यकाका तीनवटै जिल्लामा सम्भावित विपद् व्यवस्थापन तथा उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्