images
images
images

तमोर नदीको जलस्तर सतर्कता तह पार

images

पूर्वाधार वाच, धनकुटा ।

शुक्रबारदेखि देशभर वर्षा भइरहेको छ । योसँगै आइतबार बिहान धनकुटा जिल्लाको त्रिवेणीस्थित तमोर नदी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार जलसतह बढ्दो क्रममा रहेको छ । नदीको तटीय क्षेत्रमा बाढीको जोखिम रहेको महाशाखाको भनाई छ ।

आइतबार दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्