पूर्वाधार वाच, काठमाडौं ।
जर्मनीमा भइरहेको युरो २०२४ को सेमिफाइनल समीकरण तय भएको छ । शनिबार राति भएको अन्तिम दुई क्वाटरफाइनल पछि सेमिफाइनल पुग्ने चार टोलीको टुङ्गो लागेको हो ।
तीन पूर्वविजेता स्पेन, फ्रान्स र नेदरल्याण्ड्ससँगै साविक उपविजेता इंग्ल्याण्ड अन्तिम चारमा पुगेका छन् । अब पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्ससँग र दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्सले इंग्ल्याण्डसँग खेल्नेछ ।
जर्मनीसँगै सर्वाधिक ३ पटक उपाधि जितेको स्पेन चौथो पटक च्याम्पियन बन्दै सर्वाधिक सफल टोली बन्ने लक्ष्यमा छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरो जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्