पूर्वाधार वाच, काठमाडौं ।
संघीय संसद्अन्तर्गत आज अर्थ समितिको बैठक बस्दै छ । दिउँसो २ बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिका सम्बन्धमा गभर्नर महाप्रसाद अधिकारी र अर्थ सचिव मधुकुमार मरासिनीसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आज बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
उक्त बैठकमा राष्ट्रिय महत्वका अभिलेखहरूको व्यवस्थापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्