काभ्रेपलाञ्चोक । रोशी र भुम्लु गाउँपालिकामा भूमि प्रशासन (मालपोत र नापी) सेवा सुरु गरिएको छ । रोशीले सोमबार र भुम्लु गाउँपालिकाले गत शुक्रबारदेखि सेवा सुरु गरेका हुन् । रोशी गाउँपालिका–७ का मोहनसिं लामालाई जग्गाको नक्सा प्रदान गरी गाउँपालिका अध्यक्ष दिनेश लामाले सेवा शुभारम्भ गरेका छन् ।
सरकारले पहिलो चरणमा ३५ वटा स्थानीय तहमा भूमि प्रशासन सेवा प्रारम्भ गर्ने निर्णय गरेकामा काभ्रेपलाञ्चोकका रोशी र भूम्लु गाउँपालिका छनोटमा परेका थिए । यसअघि भूमि प्रशासन तथा नापी र मालपोत सेवा जिल्लास्थित कार्यालयबाट मात्रै हुने गरेको थियो ।
नक्सा लिनकै लागि सदरमुकाम धुलिखेल जानुपर्ने अवस्था हटेकामा सेवाग्राहीले खुसी व्यक्त गरेका छन् । रोशीका नागरिकलाई मालपोत र नापीको सेवा पनि प्रदान गर्न पाउँदा खुसी लागेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए ।
हालसम्म पाँच सय ३१ परिवारलाई लालपुर्जा वितरण गरिसकिएको छ । रोकिएका काम स्थानीय भूमि प्रशासन सेवामार्फत नै गरिने भुम्लु गाउँपालिका अध्यक्ष प्रेम भुजेलले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्