images
images
images

महागढीमाईले नियमविपरीत बाँड्यो कार्यपालिका सदस्यलाई झण्डै ५ लाखका मोबाइल

images

पूर्वाधार वाच, काठमाडौं ।

बाराको महागढीमाई नगरपालिकाले कार्यपालिका सदस्यहरुलाई ४ लाख ९८ हजार एक सय आठ रुपैयाँ मूल्य बराबरका मोबाइल बाँडेको छ । नगरप्रमुख उपेन्द्र प्रसाद यादवले नगर कार्यपालिकाको निर्णयबाट १९ थान मोवाइल सेट बाँड्ने निर्णय गराएका हुन् ।

कार्यापालिकाको सदस्यहरुले उक्त सुविधा पाउने व्यवस्था प्रदेश कानुनमा उल्लेख नभएको अवस्थामा गैरकानुनी रुपमा आफै निर्णय गरेर नेशनल मल्टिपर्चेज सप्लायर्सबाट एमआई रेडमी १० मोबाइल बाँडिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । नगरपालिकाले मोबाइल प्रति सेट २६ हजार २ सय १६ को दरले खरिद गरि वितरण गरेको हो ।

आर्थिक कार्यविधि तथा वितीय उतरदायित्व ऐन, २०७६ को दफा २४ को उपदफा २ मा सरकारी रकम खर्च गर्दा साधन स्रोतको उच्चतम प्रतिफल प्राप्त हुने र प्राप्त प्रतिफलको उचित गुणस्तर समेत कायम हुने गरी मितव्ययी तरिकाले खर्च गर्नु पर्ने उल्लेख छ । तर मेयर यादवसहितको कार्यपालिकाले मनलाग्दी जनताको करबाट सिर्जित रकम दुरुपयोग गरिरहेका छन् ।

महालेखाले कार्यपालिका सदस्यहरुलाई मोबाइल बाँड्ने निर्णय गरी सुविधा प्रदान गरेको नियमसम्मत नदेखिएको र उक्त रकम अनियमित भएको उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्