पूर्वाधार वाच, काठमाडौं ।
सरकारले काठमाडौं बाहिर जाने र भित्रने लामो तथा छोटो दुरीका भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयमा शुक्रबार बसेको सरोकारवालासहितको बैठकले सो निर्णय गरेको हो ।
यात्रुको लागत राख्न र यात्रुको नामबारे थाहा पाउन सघाउ पुग्ने भएकाले यो नियम लागू गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
यस्तै सरकारले रात्रि बस सञ्चालन व्यवस्थित बनाउने भएको छ । त्यसका लागि रेड एड्भाइजरी जारी गर्ने र सोअनुसार मौसम प्रतिकूल भएका जिल्लामा तीन दिनको मौसम पूर्वानुमान हेरेर रात्रीकालीन सवारी चलाउने गरी निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्