images
images
images

आयात प्रतिस्थापन गर्न निर्यात प्रवर्द्धनमा जोड दिनुपर्छ : मन्त्री भण्डारी

images

पूर्वाधार वाच, काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने बताएका छन् ।

आज औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३७औँ वार्षिकोत्सव समारोहमा उहाँले सरकार र निजी क्षेत्रबिच छलफल र सहकार्य गरेर नेपाली उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

‘चलायमान भएको नेपाली पुँजीलाई नेपालमा रोक्न र विदेशी रहेका नेपाली युवालाई नेपालमा नै रोक्न रोजगारी सिर्जनामा जोड दिनुपर्छ । यसका लागि रुग्ण उद्योग सञ्चालनको आवश्यकता छ’, मन्त्री भण्डारीले भने ।

उद्योगमा निजी क्षेत्रको लगानी बढाउन लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताउँदै उनले औद्योगिक विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्