images
images
images

चन्द्रागिरि केबलकारमा विद्युत् आपूर्ति बन्द, फसेका यात्रुको उद्धार गरिदै

images

पूर्वाधार वाच, काठमाडौं ।

काठमाडौंको चन्द्रागिरि केबलकारमा विद्युत् आपूर्ति बन्द हुँदा यात्रुहरू बीचमा फसेका छन्। बुधबार दिउँसो साँढे १ बजे चन्द्रागिरि नगरपालिकास्थित केबलकारमा प्राविधिक समस्याका कारण आठ वटा डिब्बामा यात्रुहरू फसेका छन् ।

उद्धार कार्य सञ्चालनमा ल्याउन विद्युत् सेवा सुचारु हुन समय लाग्ने भएकाले सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ । अहिलेसम्म ८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

केबलकारमा कति यात्रु फसेका छन् भन्ने यकिन भएको छैन । ८ वटा डिब्बामा कम्तीमा ३० यात्रु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्