पूर्वाधार वाच, काठमाडौं ।
बुधबार बिहान उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राखे ।
जसमा प्रहरी प्रमुख आइजी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी प्रमुख आइजी राजु अर्याल र राअविका प्रमुख मुख्य अनुसन्धान निर्देशक हुतराज थापासँग भेटघाट तथा छलफल गरेको तस्बिरसहित मन्त्री सिंहले उक्त स्ट्याटस सार्वजनिक गरेका थिए ।
‘मन्त्रालयमा तीन वटै सुरक्षा निकाय नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकसँग भेटघाट गरी देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएको छु’ मन्त्री सिंहले पहिलो स्ट्याटसमा लेखेका छन् ।
कार्यक्षेत्रभन्दा बाहिर गएर शहरी विकास मन्त्रीले सुरक्षा निकायबारे ब्रिफिङ लिएको भन्दै आलोचना हुन थालेपछि सिंहले बिहान ७ बजेर १४ मिनेटमा राखेको उक्त स्ट्याटस बिहान ९ बजेर १० मिनेट सच्याए ।
सच्याइएको स्ट्याटसमा पनि, ‘सिंहदरबारस्थित मन्त्रालयमा बधाई दिन आउनुभएका तिन वटै सुरक्षा निकाय नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक सँग भेटघाट गरी देशको पछिल्लो सुरक्षा अवस्था बारे जानकारी लिएको छु ।’, भन्ने ब्यहोरा नै उल्लेख गरे ।
मन्त्री सिंहकाे पहिलाे स्ट्याटस

गृह मातहतका नेपाल प्रहरी र सशस्त्र प्रहरी र प्रधानमन्त्री मातहतको राअविका प्रमुखलाई आफ्नो जिम्मेवारी भुलेर ब्रिफिङ लिएको भन्दै निरन्तर आलोचना हुन थालेपछि उनी दबाबमा परे ।
मन्त्री सिंहले भेटपछि उल्लेख गरेको देशको पछिल्लो सुरक्षा अवस्थाबारेको जानकारी लिभएकाे भन्ने विषय गम्भीर त्रुटि रहेको प्रहरीबारे जानकारहरु बताउँछन् ।
मन्त्री सिंहकाे दाेस्राे स्ट्याटस…

यद्यपि मन्त्री सिंहले सोही आलोचना खप्न नसकी तेस्रो पटक, ‘सिंहदरबारस्थित मन्त्रालयमा बधाई दिन आउनुभएका तिन वटै सुरक्षा निकाय नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक सँग भेटघाट ।’, लेखेर सच्याएको भेटिएको छ ।
मन्त्री सिंहकाे तेस्राे स्ट्याटस…

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनपछि बनेको नयाँ सरकारमा सुरुमै जुँगाको लडाइँ देखिएको भन्दै सामाजिक सञ्जालमा उडाइएको थियो ।
उसो त ‘शहरी कुनै पनि मन्त्रीले सुरक्षा अंगका प्रमुखहरूसँग भेट नै गर्न नहुने भन्ने हुँदै तर भेटघाटमा कार्यक्षेत्र बाहिर गएर कुराकानी हुँदा त्यो नियम विपरीत हुन जान्छ ।
सामाजिक सञ्जालको आलोचना र सत्ता समीकरणमा पर्न जाने अविश्वासका कारण मन्त्री सिंहले तेस्रो पटक प्राविधिक रूपमा स्ट्याटस सच्याए पनि उनले समानान्तर सत्ताको अभ्यासको मनसाय देखिएको कतिपय राजनीतिक विश्लेषकको बुझाई छ ।
उपप्रधानमन्त्री सिंह मन्त्री परिषद्को दोस्रो वरियताका नेता हुन् । नेपाली कांग्रेसका तर्फबाट मन्त्रीहरूको नेतृत्व गर्दै सिंह केपी शर्मा ओली नेतृत्वको सरकारका सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्