पूर्वाधार वाच, काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र अन्तर्राष्ट्रिय श्रम सङ्गठन ‘आइएलओ’ का नेपाल निर्देशकबीच शिष्टाचार भेट भएको छ ।
आइएलओका नेपाल निर्देशक नुमान ओज्कानले श्रम मन्त्रालयमा पुगे र मन्त्री भण्डारीलाई बधाई ज्ञापन गरेका छन् ।
भेटका क्रममा श्रम मन्त्री भण्डारीले व्यवसायजन्य सुरक्षा, बालश्रम निवारण तथा मर्यादित कामका क्षेत्रमा आइएलओले गरेको सहयोगप्रति आभार प्रकट गरे ।
आगामी दिनहरूमा समेत सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे । भेटमा निर्देशक ओज्कानले नेपाल आइएलओको ‘गभर्निङ बडी’मा निर्वाचित भएकामा बधाई दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्