पूर्वाधार वाच, काठमाडौं ।
इजरायलमा कामदार पठाइदिने भन्दै पैसा असुल्ने गिरोह सक्रिय रहेको पाइएको छ । त्यसका लागि वैदेशिक रोजगार विभागमा विभिन्न गिरोहले पैसा उठाउँदै हिँडेको भन्दै गुनासो पुगेको छ ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार ‘केयरगिभर’को लागि पठाइदिने भन्दै पैसा असुल्ने गिरोह सक्रिय भएको पाइएको हो ।
महानिर्देशक डण्डुराज घिमिरेले एक विज्ञप्ति जारी गर्दै अनधिकृत रूपमा रकम असुली गरेको भन्ने जानकारी आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाए । कतिपय व्यक्तिरसमूहबाट छनौट प्रक्रियाबारे समेत भ्रामक सूचना फैलाइरहेको बताउँदै त्यस्ता गलत र भ्रामक कार्यमा संलग्न नहुन, विभागको आधिकारिक सूचनालाई आधार मान्न अनुरोध गरेको छ ।
रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति तथा समूहहरूबाट देखाइएको प्रलोभनमा नपर्न समेत सबैमा अनुरोध गरेको छ । विभागले इजरायलमा केयरगिभरका लागि ८०० जनाको विज्ञापन आह्वान गरेको थियो ।
विभागले कामदार पठाउने प्रक्रिया जी टु जी अन्तर्गत पर्ने भएकाले छनौट प्रक्रिया निष्पक्ष र पारदर्शी हुने जनाएको छ ।
ठगी र गलत प्रचारका सम्बन्धमा विभागले सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको समेत विभागले जनाएको छ । यस्ता कार्यहरू भएरगरेको जानकारी भएमा जानकारी दिन समेत विभागले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्