images
images
images

सचिव तोयानाथ अधिकारीले दिए राजीनामा

images

पूर्वाधार वाच, काठमाडौं।

नेपाल न्याय सेवाका सचिव तोयानाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । आगामी २८ मंसिरमा ५८ वर्षीय उमेर हदले अवकाश पाउने भए पनि उनले पाँच महिना अगावै राजीनामा दिएका हुन् ।

अधिकारी हाल नेपाल कानुन आयोगमा सचिवमा कार्यरत छन् । उनको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृति गरिसकेको जनाइएको छ ।

सचिवमा बढुवा भएको साढे तीन वर्षसम्म पनि सरकारले आयोगहरूमै थन्क्याएपछि उनले राजीनामा दिने निर्णय गरेको पाइएको छ ।

उनले लामो समय सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवका रूपमा काम गरेका थिए । २०५० सालमा निजामती सेवा प्रवेश गरेका उनले ३१ वर्षको कार्यकाल सकाएर आइतबार बिदा हुँदै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्