images
images
images

शहरी सचिव गेलालसहित डेढ दर्जन सचिव अवकाशमा जाँदै, २ हजार बढी कर्मचारीको अवकाश पक्का

images

पूर्वाधार वाच, काठमाडौं।

शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल केही समयमा अनिवार्य अवकाशमा जाँदैछन् । राष्ट्रिय किताबखाना (निजामती)का अनुसार इन्जिनियरिङ सेवा समूहका सचिव गेलाल आगामी मंसिर १३ गते अनिवार्य अवकाशमा जाने भएका हुन् । ५८ वर्षे उमेर हदका कारण गेलाल अवकाशमा जानेछन् ।

५८ वर्ष पुरा भएका सचिव अनिवार्य अवकाशमा जाने व्यवस्था छ भने सचिव भएर ५८ वर्ष पुग्नुअघि नै ५ वर्ष सचिवका रूपमा सेवा अवधि पुरा गरेकाहरूले पनि अनिवार्य अवकाश पाउने व्यवस्था छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका ३, झौखेल निवासी गेलाल यसअघि ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय र खानेपानी मन्त्रालयमा समेत सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।

सहसचिव हुँदा शहरी विकास तथा भवन निर्माण विभागमा महानिर्देशक रहिसकेका उनी शहरी विकासको जानकार समेत मानिन्छन् । सचिव गेलाल बिल्डिङ एण्ड आर्किटेक्ट इन्जिनियर हुन् ।

चालु आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारका कायममुकायम (कामु) मुख्यसचिवसहित अन्य १७ सचिवहरूले अवकाश पाउने भएका छन् ।

किताबखानाका अनुसार चालु आर्थिक वर्षमा २ हजार ११९ जना नेपाल सरकारका कर्मचारीले अवकाश पाउँदैछन् । त्यसमध्ये हाल कार्यरत १८ जना  विशिष्ट श्रेणी (सचिवस्तर)  छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्