images
images
images

न्यूरोड फुटपाथ विस्तार विवाद : ३२ वटै वडा अध्यक्षको ऐक्यबद्धता, सडकबाटै थाले काम

images

पूर्वाधार वाच, काठमाडौं ।

अदालतको आदेशपछि सुरु भएको काठमाडौंको न्यूरोडको फुटपाथ विस्तारको काममा स्थानीयले विरोध गरेका छन् ।

यसअघि शुक्रबार महानगरपालिकाले फुटपाथ फराकिलो गरिरहेको बेला स्थानीयले विरोध गरेर काममा अवरोध गरेकोमा आइतबार महानगरका ३२ वटै वडाका वडा अध्यक्षहरूले ऐक्यबद्धता जनाएका छन् । त्यस्तै कामनपा-२२ का वडा अध्यक्ष चीनकाजी महर्जनले सडकमै टेबुल कुर्सी राखेर काम गरिरहेका छन् ।

वडा अध्यक्षहरूसहित स्थानीयले अवरोध गरेपछि महानगरको डोजर पनि न्यूरोड क्षेत्रबाट फर्किएको छ ।स्थानीयसहितका वडा अध्यक्षहरूले न्यूरोडको सडक साँघुरो बनाउन नहुने भन्दै फुटपाथ विस्तारको विरोध गरिरहेका छन् ।

यसअघि पाटन उच्च अदालतको आदेशपछि महानगरले बुधवार बिहानदेखि फुटपाथ विस्तारको काम अगाडी बढाएको यो । त्यस्तै फुटपाथ विस्तारको काममा डिभिजन सडक कार्यालय, काठमाडौँले अवरोध गरेपछि रोकिएको थियो ।

सडकलाई पैदलयात्रीमैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रूपमा हस्तक्षेप गरेको थियो ।

यसपछि काम रोक्नका लागि १३ गते र १६ गते गरी २ वटा पत्र पठायो । डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्