पूर्वाधार वाच, काठमाडौं ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा कार्यरत लेखा अधिकृत अमृता कोइराला ६ लाख घुससहित पक्राउ परेकी छन् ।
औषधि आपूर्तिको बिल भुक्तानी दिएवापत् सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा लेखा अधिकृत कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
उनलाई डेढ लाख नगद र चार लाख ५० हजारको चेकसहित भरतपुर महानगरपालिका–४, कटहर चोकबाट नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
कोइरालाले औषधि आपूर्तिको बिल भुक्तानी दिएवापत् घुस माग गरेको सूचना आएपछि अख्तियारको टोलीले स्टिङ अपरेसन गरेको थियो । यसबारे थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्