images
images
images

आज सामान्य अंकले बढ्यो नेप्से

images

पूर्वाधार वाच, काठमाडौं।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले बढेको छ । आज नेप्से २.१५ अङ्कले बढेर २४८८. ०९ अङ्कमा कायम भएको हो ।

आज ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता शेयर एक लाख ७० हजार ५५९ पटक खरिद बिक्री हुँदा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार ४४० बराबरको कारोबार भएको छ ।

आज मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबैभन्दा बढी गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९.९४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३६ करोड ९३ लाख ४८ हजार सात सय ४१ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर संख्याका आधारमा भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को १५ लाख ५६ हजार ९९५ कित्ता शेयर किनबेच भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्