पूर्वाधार वाच, काठमाडौं ।
काठमाडौं महानगरपालिका र स्थानीयबीच न्यूरोडसहितका अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ बिस्तार तथा निर्माणसम्बन्धी कुनै काम नगर्ने सहमति भएको छ ।
सहमतिअनुसार एक कार्यदलले अध्ययन गरेपछि मात्र फुटपाथ विस्तार गर्ने नगर्ने निर्णय गरिने भएको छ ।
सुमनराज भण्डारीको संयोजकत्वमा गठित कार्यदलमा २२, २३ र २४ नम्बर वडाका अध्यक्ष र २२ बाट विज्ञ साथै महानगर निर्माण विभागका प्रमुख सुरज शाक्य सदस्य सचिव रहेका छन् ।
काठमाडौं महानगरका मेयर बालेन शाहसहित बसेको वार्ता टोलीले सहमति गरेको हो । योसँगै पछिल्ला केहि दिनदेखि अशान्त बनेको न्यूरोड क्षेत्र अब शान्त हुने भएको छ ।
महानगरले न्यूरोड सडक साँघुरो बनाएर फुटपाथ विस्तारको काम अगाडी बढाएपछि वडा जनप्रतिनिधिसहित स्थानीयहरु विरोधमा उत्रिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्