images
images
images

असोज मसान्तभित्र कर बुझाए चन्द्रागिरि नगरले २५ प्रतिशत छुट दिने

images

पूर्वाधार वाच, काठमाडौं।

काठमााडैंको चन्द्रागिरि नगरपालिकाले नगरको आर्थिक ऐन २०८१ अनुसार चालु आर्थिक वर्ष २०८१/८२ का लागि विभिन्न शीर्षकको कर असोज मसान्तभित्र बुझाएमा २५ प्रतिशत छुट दिने भएको छ ।

बुधबार एक सूचना जारी गर्दै नगरले चालु आर्थिक वर्षको सम्पत्ति कर, मालपोत कर, बहाल कर र व्यवसाय कर असोज मसान्तभित्र चुक्ता गरेमा कूल रकममा २५ प्रतिशत छुट दिने भएको हो । यसैगरी नगरले महिलाको नाउँमा व्यवसाय दर्ता लाग्ने दस्तुरमा ५० प्रतिशत छुट दिने भएको छ ।

महिला र पुरुषको साझेदारीमा व्यवसाय दर्ता गर्दा लाग्ने दस्तुरमा २५ छुट उपलब्ध गराइने नगरका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिए ।

यस्तै, महिला, अपाङ्गता तथा लैङ्गिक अल्पसङ्ख्यक उद्यमीको स्वामित्वमा सञ्चालित घरेलु उद्योग दर्ता शुल्कमा ५० प्रतिशत छुट हुने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्