पूर्वाधार वाच, काठमाडौं ।
सौर्य एयरलाइन्स विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । बुधबार विहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो ।
दुई चालक दलका सदस्यसहित जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ । पाइलट शाक्यको भने जीवितै उद्धार गरिएको थियो । उद्धारपछि उनलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएको थियो।
पाइलट शाक्यको ढाडको हड्डी दुई ठाउँमा भाँचिएको बताइएको छ । अहिले उनलाई केएमसीको न्युरो सर्जरी आइसियुमा राखिएको छ ।
बुधबारसाँझ नै प्रधानमन्त्री केपी शर्मा ओलीले पाइलट शाक्यलाई भेट गरेर उनको स्वास्थ्य अवस्था बारे जानकारी लिएका थिए । प्रधानमन्त्री ओलीले पाइलट शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिएका थिए । उनले शाक्यका परिवारसँग समेत भेट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्