images
images
images

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

images

पूर्वाधार वाच, काठमाडौं ।

आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलाको एक हजारले बढेर एक लाख ४५ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४४ हजार ७ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ बढेर तोलाको १७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्