images
images
images

ऊर्जामन्त्री खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

images

पूर्वाधार वाच, काठमाडौं ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । ऊर्जामन्त्रीको कार्यकक्ष सिंहदरवारमा सोमबार भएको भेटमा नेपाल(चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको छ ।

भेटमा राजदूत सोङले ऊर्जा क्षेत्र नेपालको विकासका लागि महत्त्वपूर्ण र अपरिहार्य भएकाले यसको विकासका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले वर्तमान सरकार मुलुकका दुई ठूला राजनीतिक दल मिलेर बनेकाले उक्त सरकारले विकासलाई अगाडि बढाउनेमा आफू पूर्ण आशावादी रहेको बताए ।

भेटका क्रममा ऊर्जामन्त्री खड्काले कोरोना महामारीका समयमा बन्द रहेका चीनसँग जोडिएका नाका सञ्चालनमा ल्याउन गरेको सहयोगप्रति धन्यवाद दिए ।

‘म पनि चीनसँग सीमानाका जोडिएको जिल्लाको निर्वाचित सांसद हुँ, चीनसँग जोडिएको नेपालका सीमानाकाका जनताको जीवनस्तर सहजीकरणका लागि नागरिकताबाट चीन प्रवेशको वातावरण मिलाई दिनुहुनेछ भन्ने आशा मैले लिएको छु, उनले भने ।

चीनसँग नेपालले ऋण नभई अनुदान सहयोग चाहेको मन्त्री खड्काको भनाइ छ । ऊर्जामन्त्री खड्काले चीनले सामाजिक, आर्थिक र प्रविधिको विकासमा ठूलो फड्को मारेकाले यसको अनुसरण नेपालले समेत गर्न चाहेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्