पूर्वाधार वाच, काठमाडौं ।
केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको झण्डै दुई सातामा एकैपटक विभिन्न मन्त्रालयका २२ जना सचिवहरुको सरुवा भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरु फेरबदल गर्ने निर्णय गरेको हो ।
प्राप्त जानकारी अनुसार अर्थ मन्त्रालयको सचिवमा रामप्रसाद घिमिरेलाई ल्याइएको छ । हालका अर्थ सचिव मधु कुमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।
रक्षा मन्त्रालयमा रामेश्वर दंगाल खटाइएका छन् । भने, सचिव किरण राज शर्मा वित्त आयोगमा पुगेका छन् । यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् ।
भने उपाध्यायको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्