पूर्वाधार वाच, काठमाडौं ।
साताको कारोकारका अन्तिम दिन आज शेयर बजारमा गिरावट आएको छ । विहिबार नेप्से परिसूचक ५।२९ अंकले घटेर २७५५.६२ विन्दुमा रोकिएको छ । आज बजार घटेपनि कारोबार रकम भने २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रहेको छ ।
आज ३३२ कम्पनीका ५ करोड १३ लाख २१ हजार ६२९ किटा शेयर २ लाख २९ हजार ८१३ पटक कारोबार भएका थिए ।
आज हाइड्रोइलेक्ट्रीसिटी कम्पनि, नेपाल हाइड्रो डेभलोपर, शुभम पावर, सिटी होटल लिमिटेड र कुथेरी भुखारी हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको थियो ।
त्यस्तै आज सबै भन्दा बढी पिपुल्स हाइड्रोको ९.१३ प्रतिशत शेयर घटेको थियो । आज कारोबार रकमका आधारमा सबैभन्दा बढी हिमालयन रिइन्सुरेन्सको ५९ करोड ७५ लाख ९९ हजारको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्