images
images
images

पर्यटक बसपार्क निर्माणका लागि शहरी विकास मन्त्री सिंहसमक्ष आग्रह

images

पूर्वाधार वाच, काठमाडौं ।

टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)ले काठमाडौंभित्र पर्यटक बसपार्कका लागि आग्रह गरेको छ ।

टिवानका अध्यक्ष कृष्ण आचार्य नेतृत्वको टोलीले आज उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेट गरी काठमाडौंभित्र पर्यटक बसपार्क निर्माणका लागि पहल गरिदिन आग्रह गरेको हो ।

अध्यक्ष आचार्यले लामो समयदेखि सोह्रखुट्टे सडकबाट पर्यटकलाई ओसारपसार गर्न बाध्य भएकाले पर्यटक बसपार्कका लागि सहरी विकास मन्त्रालयमार्फत पहल गरिदिन उपप्रधानमन्त्रीसमक्ष आग्रह गरिएको जानकारी दिए ।

टिवानको टोलीले पर्यटक बसपार्कका लागि यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमार्फत गौशालाको तिलगङ्गामा बसपार्क निर्माणको निर्णय भएकाले कार्यान्वयनका लागि पहल गर्नसमेत आग्रह गरेको थियो ।

पर्यटक बस काठमाडौंको झोंसे गल्ली, कान्तिपथ सडक हुँदै विगत पाँच वर्षदेखि सोह्रखुट्टे सडकबाट सञ्चालन हुँदै आएको छ ।

भेटमा उपप्रधानमन्त्री सिंहले काठमाडौंभित्रका स्थानीय तहसँग छलफल गरेर पर्यटक बसपार्क निर्माणका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त समेत व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्