images
images
images

मैनाली सचिवमा बढुवा, शहरी विकासको अनुभवसँगै पूर्वाधारको जिम्मेवारी

images

काठमाडौं । लामो समयदेखि शहरी विकास तथा पूर्वाधार क्षेत्रमा सक्रिय सहसचिव पद्मकुमार मैनाली सचिवमा बढुवा भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहअन्तर्गत सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मिता पोखरेलका अनुसार बढुवासँगै मैनालीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्राविधिक सचिवका रूपमा पदस्थापन गर्ने निर्णयसमेत भएको छ।

सचिव बढुवा समितिले यसअघि नै मैनालीलाई प्राविधिक सचिवका लागि सिफारिस गरेको थियो।मैनालीले शहरी विकास मन्त्रालयमा सात वर्षभन्दा बढी समय सहसचिवका रूपमा काम गरेका छन्।

शहरी विकाससम्बन्धी नीति निर्माण तथा कार्यान्वयनमा लामो अनुभव हासिल गरेका उनले राष्ट्रिय शहरी विकास रणनीति तथा राष्ट्रिय शहरी नीति, २०७९ को मस्यौदा निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

उनले शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। २०७२ सालको विनाशकारी भूकम्पपछि विपद्पछिको आवश्यकता मूल्यांकन ९एम्ल्ब्० तयार गर्ने तथा आवास पुनर्निर्माण कार्यक्रमको अवधारणा विकास गर्ने कार्यमा पनि उनको संलग्नता थियो।

शहरी विकास र पूर्वाधार योजनासँगै प्राविधिक तथा नीतिगत क्षेत्रमा अनुभव भएका मैनालीको नयाँ जिम्मेवारीलाई पूर्वाधार विकास प्रशासनमा अर्थपूर्ण जिम्मेवारीका रूपमा हेरिएको छ।

शैक्षिक रूपमा मैनालीले बेल्जियमको युनिभर्सिटी अफ लुभेनबाट आर्किटेक्चरमा स्नातकोत्तर गरेका छन्। उनले बेलायतको युनिभर्सिटी अफ न्युक्यासल अपन टाइनबाट प्रशिक्षण लिनुका साथै युरोपियन स्पेसियल प्लानिङमा स्नातकोत्तर तहको प्रमाणपत्रसमेत प्राप्त गरेका छन्।

सचिवमा बढुवासँगै मैनालीले अब भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्राविधिक सचिवका रूपमा पूर्वाधार विकाससम्बन्धी नीतिगत तथा प्राविधिक जिम्मेवारी सम्हाल्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्