images
images
images

चलचित्र ‘माइली’को शुभ मुहूर्त 

images

दिपेश रोक्का, काठमाडौं । 

रुना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्र माइलीको शुभ मुहूर्त गरिएको छ । सोमबार राजधानीस्थित भद्रकाली मन्दिरमा उक्त चलचित्रको शुभ मुहूर्त गरिएको हाृे ।

चलचित्र माइलीमा सबै महिलाहरूको मात्र भूमिका रहने निर्माण टिमले जानकारी दिएको छ । चलचित्र माइलीको आजदेखि नै सुटिङ गर्ने पनि निर्माण टिमले बताएको छ ।बाबु साहेब बलामीको कथा तथा निर्देशनमा बन्न लागेको चलचित्रमा करिश्मा मानन्धर , प्रियङ्का कार्की, प्रिया रिजाल, शर्मिला मल्ल, अंशु थापा, कुसुम थापा, कमला घिमिरे, सुस्मा लामा, गीता अधिकारी, सरिता भण्डारी, प्रीतिका शर्मा, आश्मा पाण्डे, रेश्मा केसी लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

चलचित्रकम राजेन्द्र बजगाईँको सङ्गीत रहेनछ। शंकर अधिकारी घायल गीतकार रहेका छन् । शिव ढकालले चलचित्रको छायांकन गरेका हुन  । केवालामान सिङ बस्नेत प्रोडक्सन म्यानेजर रहेका छन् ।

मोसन पोस्ट प्रोडक्सनमा  मोसन स्टुडियो रहेको छ। रामजी राउत मुख्य निर्देशक रहेका छन् भने कुमार आचार्य मिडिया कोडिनेटर रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्