images
images
images

‘शेयर मूल्य कृत्रिम रूपमा बढाइयो, निगरानी होस्’

images

पूर्वाधार वाच, काठमाडौं ।

सांसद डा. अमरेशकुमार सिंहले शेयरको मूल्य कृत्रिम रूपमा बढाइएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद सिंहले अहिले शेयरको मूल्य कृत्रिम रूपमा बढाइएको बताउँदै आम जनतामाथि ठगी हुनसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

संसद् बैठकमा बिना आधारमा कम्पनीका शेयर मूल्य बढिरहेको उदाहरण दिँदै आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न र उनीहरूमाथि छानबिन गर्नका लागि सरकारले एउटा समिति गठन गर्न माग गरेका छन् ।

उनले बुक भ्यालु सयभन्दा कम भएका कम्पनीको मूल्य अहिले तिन चार गुणासम्म बढेको बताउँदै यसको नियमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्