images
images
images

दुई जना सचिवमा बढुवा, दुई सचिवको सरुवा

images

पूर्वाधार वाच, काठमाडौं।

कानून समूहका दुई सहसचिव सचिवमा बढुवा भएका छन् । मंगलबारको मन्त्रिपरिषद बैठकले दुई सचिवलाई बढुवा गर्दै पदस्थापन गरेको हो ।

न्याय सेवा आयोगको बैठकले साउन १५ गते दुई सहसचिवको सचिवमा बढुवा गर्न सिफारिस गरेको थियो । न्याय सेवातर्फका कानून समूहका सहसचिव आलोकचन्द्र श्रेष्ठ र पाराश्वर ढुङ्गाना सचिव बढुवामा सिफारिस भएका थिए ।

श्रेष्ठ रक्षा मन्त्रालय तथा ढुङ्गना कानुन आयोगमा थिए । उनलाई कानुन सेवा आयोगमै पदस्थापन गरिएको हो । बढुवा अर्का सचिव ढुङ्गानालाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदस्थापना गरिएको छ ।

बैठकले दुई सचिवको सरुवा स्वीकृत गरेको छ । बैठकले उदयराज सापकोटालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा सरुवा गर्दै त्यहाँका सचिव फणीन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो ।

न्याय सेवा आयोगले १५ गते बिहीबार दुई सचिवको सरुवा सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले सोही सिफारिसलाई सदर गर्ने निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्