images
images
images

गभर्नरले फरक व्यवहार देखाए : पूर्वअर्थमन्त्री पुन

images

पूर्वाधार वाच, काठमाडौं ।

पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले फरक व्यवहार देखाएको आरोप लगाएका छन् ।

विहिबार अर्थ समितिको बैठकमा पूर्व अर्थमन्त्री पुनले गभर्नर अधिकारीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकालमा कडा मौद्रिक नीति लिएको आरोप लगाएका हुन् ।

अहिले केपी ओली नेतृत्वको सरकार आएपछि खुकुलो मौद्रिक नीति ल्याएको भन्दै फरक व्यबहार देखाएको आरोप लगाएका हुन् ।

उनले भने, ‘पछिल्लो समय गभर्नरसाबको व्यवहार, कार्यशैली फेरिएकै हो । नेपाली कांग्रेस र माओवादी केन्द्र नेतृत्वको सरकारका पालामा उहाँले कसेकै हो ।अहिले आफू निकट सरकार छ । प्रधानमन्त्री र अर्थमन्त्रीलाई सहयोग गर्ने गरी खुकुलो मौद्रिक नीति लिनुभयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्