images
images
images

नगर विकास कोषको कार्यकारी निर्देशकमा भोछिभोया, ७ जना सञ्चालक सदस्यमा मनोनीत 

images

पूर्वाधार वाच, काठमाडौं । 

सरकारले नगर विकास कोषको कार्यकारी निर्देशकमा राजेशकुमार भोछिभोयालाई तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हाल रिक्त रहेको कार्यकारी निर्देशकको पदमा बढीमा ३ महिनाको लागि कोषका वरिष्ठ कर्मचारी उपप्रबन्धक भोछिभोयालाई जिम्मेवारी ताेकेकाे हो ।

शहरी विकास मन्त्रालय अन्तर्गत रहेको कोषका तत्कालीन कार्यकारी निर्देशक कृष्ण सापकोटा १३ साउनदेखि कार्यकाल पूरा भएर बिदा भइसकेका छन् ।

नगर विकास कोष ऐन, २०५३ को दफा १८ (१) बमोजिम कोषको प्रशासकीय प्रमुखको रूपमा खुला प्रतिस्पर्धाको आधारमा चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गर्ने व्यवस्था छ ।

यस्तै ७ जनालाई सरकारले नगर विकास कोषको सञ्चालक समिति सदस्यमा मनोनीत गरेको छ । जसमा कोशी प्रमुखबाट रंगेली नगरपालिकाका प्रमुख दिलीप कुमार अग्रवाल, मधेश प्रदेशबाट बरहथवा नगरपालिकाका प्रमुख कल्पना कटुवाल, बागमती प्रदेशबाट गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल, गण्डकी प्रदेशबाट पोखरा नगरपालिकाका उपप्रमुख मन्जु गुरुङ, लुम्बिनी प्रदेशबाट तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, कर्णाली प्रदेशबाट पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारी र सुदूरपश्चिम प्रदेशबाट लम्की चुहा नगरपालिकाका प्रमुख सुशिला शाही मनोनीत भएका छन् ।

नगर विकास कोष ऐन, २०५३ को दफा १४ को उपदफा २ (घ) बमोजिम उनीहरूलाई सञ्चालक समिति सदस्य पदमा मनोनीत गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्