पूर्वाधार वाच, काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ ।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पाण्डे र राजदूत सोङबीच भेटवार्ता भएको मन्त्रालय स्रोतले जनाएको छ । उनीहरुबीच के विषयमा कुराकानी भयो भन्नेबारे सार्वजनिक भएको छैन ।
पछिल्लो समय सरकार परिवर्तनसँगै विभिन्न देशका राजदूत एवं कूटनीतिक नियोगका प्रमुखहरू र मन्त्रीहरुबीच भेटवार्तामा तीव्रता बढेको देखिन्छ । भेटमा बधाई ज्ञापनदेखि कूटनीतिक सम्बन्धका बारेमा चर्चा हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्