images
images
images

पत्रकार शाह सम्मानित

images

पूर्वाधार वाच, काठमाडौं ।

पत्रकार भूपेन्द्र शाह सम्मानित भएका छन्। राष्ट्रिय युवा अधिकार महाभेला २०८१ को अवसरमा शनिबार यूथ एड्भोकेसी नेपालले पत्रकार शाहलाई सम्मान गरेको हो ।

पत्रकारितामार्फत युवाहरूको हक अधिकार सुनिश्चित गर्न गराउन एक दशकदेखि सक्रिय भूमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरेको यूथ एड्भोकेसी नेपालले जनाएको छ ।

बाजुराका स्थायी निवासी रहेका पत्रकार शाह एक दशकभन्दा बढी समयदेखि संघीय राजधानीमा रहेर पत्रकारितामा संलग्न छन् । उनले विभिन्न एफएम रेडियो, अनलाइन न्यूज पोर्टलदेखि टेलिभिजन पत्रकारिताको अनुभव हासिल गरेका छन् ।

उनले शिक्षा, स्वास्थ्य, युवा एवं समसामयिक सामाजिक विषयबारे कलम चलाउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्