पूर्वाधार वाच, काठमाडौं ।
युवाहरूको समृद्धि र विकासका लागि प्रविधिमैत्री बनाउनुपर्नेमा जोड युवा अधिकारकर्मीले जोड दिएका छन्।
शनिबार बागबजार स्थिति होटेल हार्दिकमा आयोजित चौथो राष्ट्रिय युवा अधिकार महाभेलाको अवसरमा बोल्दै युवा अधिकारकर्मीहरूले युवाहरूको विकास र समृद्धिका लागि युवालाई प्रविधिसँग जोड्नु पर्नेमा जोड दिएका हुन्।
युवा अभियन्ता नरेन खतिवडाले राष्ट्रले युवाहरूलाई राष्ट्रले खाडी मुलुकहरूमा पठाएर युवाको विकास नहुने बताए। उनले भने,युवालाई शिक्षा,स्वास्थ्यमा लगानी गर्नु पर्नुपर्छ। गल्फ कन्ट्रीमा पठाएर युवाको विकास हुँदैन। उनले युवाका क्षेत्रमा राज्यले बजेट कम विनियोजन गरेको,राष्ट्रिय युवा परिषद् ऐन पुरानो भएकाले संशोधनको आवश्यकता भएको औँल्याएका छन्।
त्यसै गरी नेपाल युवा परिषद्का उपसचिव चन्दा थापाले विश्वमा युवाहरूले गरेको खोज तथा अनुसन्धान अध्ययन गर्नका लागि युवाहरूलाई प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिइन् । उनले युवाहरू प्रविधिमैत्री नहुँदासम्म दिगो विकास समेत नहुने बताइन्।
त्यस्तै गैरसरकारी संस्थाका महासचिव अर्जुन भट्टराईले युवाहरूलाई खाडी मुलुक नभई पढ्दै कमाउँदै कार्यक्रममा जोड्नु पर्नेमा जोड दिए। साथै उनले युवाहरूलाई राजनीतिमा आएर हस्तक्षेप गर्नु पर्ने बताउँदै प्रविधिमैत्रीमा गैसस महासंघको साथ रहने बताए।
राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले ४२।५६ प्रतिशत युवाहरू मुलुकमा रहेकाले उनीहरूलाई सही अवसर दिनु पर्नेमा जोड दिए । साथै उनले अबको केही दशक भित्र मुलुकमा जनसाङ्ख्यिक लाभांश घट्न सक्ने भन्दै चिन्ता व्यक्त गरे।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले युवा नीति ऐन २०८१ ल्याउनेमा विश्वस्त गराए। उनले भने,नेपालका नेताहरूलाई भाषण गर्न धेरै आउँछ।नीति र नियमहरू धेरै बन्छन्।त्यो कार्यान्वयन हुन निकै कठिन भइरहेको छ।
उनले युवाको क्षेत्रमा पद ओगट्ने र काम नगर्ने परिपाटीको अन्त्य हुनु पर्नेमा जोड दिए। साथै उनले युवाहरूलाई स्वदेशमै बस्ने वातावरणका लागि समीक्षा गरिने बताए।
यूथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले युवा जनशक्तिलाई राज्यले अवसर दिनुपर्नेमा जोड दिँदै प्रविधिमैत्री पद्धतिमा जान सकेको अवस्थामा पारदर्शिता हुनुका साथै भ्रष्टाचार समेत न्यूनीकरण हुने बताए। कार्यक्रममा युवाको पक्षमा वकालत गर्ने तीन जना व्यक्तिहरूलाई सम्मान गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्