images
images
images

‘मुनाल’ भू-उपग्रह प्रक्षेपण गर्न भारतले नेपाललाई सघाउने

images

पूर्वाधार वाच, काठमाडौं।

नेपालद्वारा निर्मित ‘मुनाल’ भूउपग्रह प्रक्षेपणका लागि नेपाल र छिमेकी राष्ट्र भारतबिच सम्झौतामा हस्ताक्षर भएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धीर जैसवालले सम्झौताबारे जानकारी दिँदै दुई देशबिचको अन्तरिक्ष सहयोगमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताएका हुन् ।

भारतको विदेश मन्त्रालय र न्यु स्पेस इन्डिया लिमिटेड ‘एनएसआईएल’ले शनिबार मुनाल भूउपग्रह प्रक्षेपण गर्न अनुदान सहयोगका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा मन्त्रालयको तर्फबाट अनुराग श्रीवास्तव र एनएसआईएलका निर्देशक अरुणाचलम एले हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ‘नास्ट’का सचिव डा रवीन्द्रप्रसाद ढकाल, नेपाली दूतावासका कार्यवाहक डा सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपाल ९एपीएन०का संस्थापक डा आभास मास्केको समेत उपस्थिति रहेको थियो । ।

सम्झौता अनुसार नास्टको आयोजनामा ​​नेपालमा विकसित गरिएको भूउपग्रहलाई एनएसआईएलको पोलार स्याटेलाइट लन्च भेहिकलमा निस्शुल्क रूपमा प्रक्षेपण गरिने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्