images
images
images

केयरगिभरमा इजराइल जान पेस भएका कागजात छानबिन गर्न उच्चस्तरीय समिति गठन

images

पूर्वाधार वाच, काठमाडौं ।

इजराइलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा जानका लागि श्रमिकहरूले पेस गरेको कागजातको आधिकारिकता जाँच हुने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालबाट लैजान लागिएका सहायक कामदारको छनोट प्रक्रियामा पेस गरिएका कागजातको आधिकारिकता जाँच गर्न उच्चस्तरीय छानबिन समिति बनाएको हो।

मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।

पछिल्लो पटक इजराइलले नेपालबाट दुई हजार केयर गिभर लैजाने भएपछि वैदेशिक रोजगार विभागले भर्ना प्रक्रिया अगाडि बढाएको थियो।

विभागका अनुसार इजराइल केयरगिभरमा जानका लागि चार हजार २४ जना (दुई हजार २०९ जना पुरूष र एक हजार ८१५ महिला) ले आवेदन दिएका थिए। आवेदन दिएकाबाट तीन हजार ४६१ जना (एक हजार ८६३ पुरूष र एक हजार ५९८ महिला) विभागले स्वीकृत गरेको थियो।

तर भर्ना प्रक्रियामा सहभागी भएका कतिपय कागजात नक्कली भएको कुरा आएपछि विभागले स्वीकृत गरेका कागजातमाथि पनि छानबिन गर्ने निर्णय मन्त्रालयले गरेको हो। यसअघि विभिन्न सञ्चार माध्यमहरुमा केयरगिभरमा इजराइल जान नक्कली ‘सर्टिफिकेट’ किनबेच भइरहेको समाचार प्रकाशित गरेको थियो।

केयरगिभरमा जान खोज्ने कतिपय युवाहरूलाई अधिकांश तालिम केन्द्रहरूले तालिम नै नदिई वा पूरा अवधिको तालिम नदिई तीन महिना तालिम दिएको लेखेर प्रमाणपत्र बिक्री गरेको भेटिएको थियो। यसबारेमा अब उच्चस्तरीय छानबिन समितिले छानबिन गर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्