images
images
images

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवबीच शिष्टाचार भेट

images

पूर्वाधार वाच, काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका विदेश सचिव विक्रम मिस्री बिच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सिंहदरबारमा शिष्टाचार  भेटवार्ता भएको छ।

उनी दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौं आइपुगेका हुन् । केपी ओली नेतृत्वमा सरकार गठन भए पछि पहिलो पटक भारतबाट उच्च स्तरीय भ्रमण भएको हो ।

सो भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको थियो ।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन् । अघिल्लो महिना परराष्ट्र सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् ।

गत जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै मात्रै छिमेकी मुलुक भुटानको औपचारिक भ्रमणमा गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्