पूर्वाधार वाच, काठमाडौं ।
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले आइतबार निवेदन आह्वान गरेको हो ।
सार्वजनिक(निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ को उपदफा ९५० बमोजिम लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि निवेदन आह्वान गरिएको हो । प्रमुख कार्यकारी अधिकृत पदका लागि नेपाली नागरिक भएको हुनुपर्छ । शैक्षिक योग्यता भने मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्छ ।
त्यस्तै परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक(निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र वा औद्यौगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा दश वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेको हुनुपर्ने पनि सूचनामा उल्लेख छ। त्यस्तै निवेदन दिने अन्तिम मितिसम्ममा पैंतीस वर्ष उमेर पूरा भएको र पैसठ्ठी वर्ष ननाघेको हुनुपर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्