पूर्वाधार वाच, काठमाडौं ।
टेलिकम सेवा प्रदायक कम्पनी एनसेलको आज देशभर सेवामा समस्या आएको छ । एनसेलबाट हुने कल, एसएमस र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
आफ्नो सेवामा समस्या आएपछि एनसेलले क्षमा माग्दै अवरुद्ध सेवा यथाशिघ्र सुरु गर्नका लागि तदारुकताका साथ काम भइरहेको जनाएको छ ।
एनसेलका अनुसार दिउँसो ३ः४८ बजेबाट सेवाहरू प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको हो । एनसेलको सेवा रोकिँदा उपभोक्ता प्रभावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्