दिपेश रोक्का, काठमाडौं ।
राधारमन मन्जिल मल्टीप्रपोज ग्रुपको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘निःशब्द’को राजधानीस्थित भद्रकाली मन्दिरमा शुभमुहूर्त गरिएको छ । नायिका तथा निर्देशक शुभेच्छा थापाको निर्देशनमा चलचित्र निर्माण हुने भएको छ ।
चलचित्रमा तेस्रो लिङ्गी सँग सम्बन्धि घटना, विषय वस्तुलाई कथामा समेटेर निर्माण गर्न लागिएको निर्माण टिमले जानकारी दिएको छ । चलचित्रको छायांकन दुई दिन पछि हुने बताएको छ ।
चलचित्रमा शुभेच्छा थापा, सरोज दाहाल, उमेश खड्का, समीप निरौला, गोमा केसी, रश्मी भट्ट , सुशीला निरौला, कमल निरौला, रमेश ढकाल, सबिता खड्का, भगवान् भण्डारी, कल्पना बिसी ,सञ्जय मडभरी, माया देवी श्रेष्ठ, सहारा खड्का, हुमा गिरी , सागर हुमागाईँ , चन्द्र बहादुर गुरुङ , वन्दना गुरुङ , अनुप श्रेष्ठ , सुरेश पुडासैनी , प्रनिता तामाङ , मन महर्जन , गंगा गुरुङ , प्रकृति राणा मगर लगायत कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रको निर्माता उमेश खड्का रहेका छन् । कार्यकारी निर्देशक सरोज दाहाल रहेका छन् । द्वन्द्व निर्देशक देव श्रेष्ठ रहेका छन् । पटकथा सौरव दवाडीको रहेको छ ।
छायांकन विनोद बरालले गरेका छन् । नृत्य निर्देशक शंकर विश्वकर्माको रहेको छ । व्यवस्थापक नेत्र बहादुर कार्कीको रहेको छ। फोटोग्राफर पुडासैनी रहेका छन् । चलचित्र तिहार पछि रिलिज गर्ने निर्माण टिमले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्