images
images
images

व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा बखती नियुक्त

images

पूर्वाधार वाच, काठमाडौं ।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा रमेश कुमार बखती नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ललितपुर महानगरपालिका वडा नं. १३ ललितपुरका खतीलाई सोमबार चार वर्षका लागि प्रतिष्ठानको कार्यकारी पदमा नियुक्त गरेको हो ।

मन्त्रालयका सहसचिव मदन दहालको संयोजकत्वमा गठन गरिएको समितिले प्रारम्भिक छनौटमा परेका ६ जनामध्येबाट बखतीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । सो पदका लागि ११ जनाको आवेदन परेको थियो ।

सञ्चालक समितिबाट सर्वसम्मत नियुक्तिका लागि सिफारिस गरिए अनुसार सोमबार नै मन्त्रालयका सचिव स्तरको निर्णयबाट बखतीलाई नियुक्ति दिइएको छ । सञ्चालक समितिको अध्यक्ष मन्त्रालयको सचिव रहने व्यवस्था छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्