images
images
images

शान्तिश्री परियारको अर्को तीज गीत  ‘जवानीले पोल्यो’ सार्वजनिक (भिडिओ)

images

पूर्वाधार वाच,  काठमाडौं । 

गायिका शान्तिश्री परियारको स्वरमा रहेको गीत ‘जवानीले पोल्यो’को भिडियो सार्वजनिक भएको छ । गीतमा तुला आर लामिछानेको शब्द, पवन परियारको संगीत र एरेन्ज, सागर बाजुरालीको रेकर्ड छ ।

तुला आर लामिछानेले नै निर्माण गरेको भिडियोमा सञ्चिता बोलखे र पुष्कर राउत फिचर्ड छन् । जवानी र मायाको कुरा गरिएको गीतमा सचितालाई निकै ग्ल्यामर रुपमा प्रस्तुत गरिएको छ ।

सुरेश पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा कमल भक्तको सहायक कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, उमेश थापा मगरको सहायक सम्पादन, प्रविण ढकालको कलर, प्रिया नगरकोटी पाण्डेको हेयर र मेकअप र दिव्यराज सुवेदीको छायांकन छ । भिडियो टीआर सिरिज युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्