images
images
images

वैदेशिक रोजगार विभागका महानिर्देशक घिमिरेको सरूवा

images

पूर्वाधार वाच, काठमाडौं।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेको सरूवा गरेको छ।

महानिर्देशक घिमिरेको ठाउँमा हालै गृहमन्त्रालयबाट सरूवा भएर आएका सहसचिव सुर्यबहादुर खत्रीलाई विभागमा ल्याइएको हो।

खत्री यसअघि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी थिए। त्यहाँबाट उनको गृह मन्त्रालयमा सरूवा गरिएको थियो।

मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले खत्रीलाई गृहबाट श्रम, रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयमा सरूवा गरेको थियो।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्