पूर्वाधार वाच, काठमाडौं।
उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले धरहरा सञ्चालनमा ल्याउने तयारी गरेको बताएका छन् । बुधबार नेपाल पूर्वाधार पत्रकार समाजसँगको साक्षात्कारमा उपप्रधानमन्त्री सिंहले आगामी सय दिन भित्र धरहरा सञ्चालन गर्ने गरी कार्ययोजना बनिरहेको दाबी गरे ।
वि.सं. २०७२ वैशाखको विनाशकारी महाभूकम्पले भत्काएको धराहरा यसअघि नै नयाँ निर्माण गरेर उद्घाटन भइसकेको छ । यद्यपि उद्घाटनको लामो समय बित्दा पनि सञ्चालनमा नआएको भन्दै सरकारको पटक पटक आलोचना हुँदै आएको छ ।
यद्यपि धराहरा हालसम्म पनि पूर्णरुपमा निर्माण भइसकेको भने छैन । हाल आयोजना प्रगति ९६ प्रतिशत पुगेको बताइएको छ । २०७५ असोज १४ गतेदखि बनाउन सुरु गरिएको धरहरा निर्माणको म्याद छैटौंपटकसम्म थपिसकिएको छ ।
ठेक्का सम्झौताअनुसार सकिनुपर्ने अवधि २७७ असोज १४ मा नै थियो । तर हालसम्म यसको निर्माण भने पूर्ण हुन सकेको छैन । यसको ठेक्का जीआईईटीसी–रमण जेभीले लिएको छ ।
जीआईईटीसी चिनियाँ कम्पनी भए पनि काम नेपाली ठेकेदार कम्पनी रमण कन्स्ट्रक्सनले गरिरहेको छ, जसलाई ३ अर्ब ४८ करोड १६ लाख रुपैयाँमा ठेक्का दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्