images
images
images

सामान्य अंकले बढ्यो नेप्से, १८ अर्ब ९० कराेडको कारोबार

images

पूर्वाधार वाच, काठमाडौं।

बुधबार सेयर बजार परिसूचक नेप्से २.११ अंकले बढेर दुई हजार ९६८.४४ विन्दुमा पुगेको छ ।
बैंकिङ १०, विकास बैंक ४०, फाइनान्स १८६ र अन्य उपसमूह ४ अंकले बढेको छ ।

होटल तथा पर्यटन ७६, हाइड्रोपावर २७, ब्यापार ८६, उत्पादन ३२, जीवन बीमा २८, निर्जीवन बीमा ९८ र माइक्रोफाइनान्स उपसमूह २९ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै कर्पारेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दोल्ती पावर कम्पनी र मल्टीपर्पोस फाइनान्सको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज कर्णली डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले घटेको छ ।

यस दिन ३३७ कम्पनीको ४ करोड १४ लाख कित्ता सेयर १८ अर्ब ९० करोडमा कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्