images
images
images

मर्स्याङ्दी बस दुर्घटना : मृत्यु हुनेको संख्या २१ पुग्यो, २२ घाइतेको उपचार हुँदै

images

पूर्वाधार वाच, काठमाडौं।  

मर्स्याङ्दी नदीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २१ पुगेको छ । प्रहरीका अनुसार दुर्घटनामा २१ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

उद्धार गरिएका २२ जनामध्ये १२ जनालाई सेनाको हेलिकप्टरमार्फत् काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ भने बाँकी १० जनाको स्थानीय आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रबार दिउँसो करिब साढे एक बजे पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको उक्त बस तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ बाट मर्स्याङ्दी नदीमा खसेको थियो ।

उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका १६० भन्दा बढी खटिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्