पूर्वाधार वाच, काठमाडौं ।
महालक्ष्मी विकास बैंक अब अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ‘आईएसओ ९००१ : २०१५’ प्रमाणित बनेको छ।
गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम साउन ३२ गतेदेखि लागू हुने गरी बैंकले ‘आईएसओ ९००१ : २०१५’ प्रमाणपत्र पाएको हो।
बैंकले प्रोभिजन अफ डेभलपमेन्ट बैंकिङ एक्टिभिटिज अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको हो। यस्तो प्रमाणपत्र प्राप्त गर्ने महालक्ष्मी विकास बैंक पहिलो विकास बैंक हो।
अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम गरेका साथै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टिलाई सुनिश्चित गर्न सक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर रूपमा सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छन्।
यस प्रमाण पत्र प्राप्तिको लागि यस बैंकको तीति–नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिट युएसएको रोयल इम्प्याक्ट सर्टिफिकेसन लिमिटेडले गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्